ताजा समाचार

२१औं एसियन गेम्स सन् २०३० मा कतारको दोहामा हुने

काठमाडाैँ । कतारको राजधानी दोहामा सन् २०३० मा २१औं एसियन गेम्स आयोजना हुने भएको छ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओएसी) को ओमानको मस्कटमा बसेको साधारणसभाले २०३० को एसियाली खेलकुद कतारलाई आयोजना गर्ने पक्षमा भोटिङ गरेको हो।

यसअघि दोहोले सन् २००६ को एसियन गेम्स आयोजना गरेको थियो।

यस्तै सन् २०३४ को २२औं एसियन गेम्स साउदी अरेबियाको रियादमा आयोजना हुने निर्णय भएको छ।

दोहामा सन् २०२२ मा फिफा विश्वकप २०२२ आयोजना हुँदैछ। विश्वकप आयोजना गर्न लागेको तथा पूर्वाधार भएकाले दोहालाई एसियन गेम्स आयोजन गर्न दिइएको ओएसीले जनाएको छ।

रियादमा भने पहिलो पटक एसियन गेम्स हुन लागेको हो। त्यसअघि सन् २०२२ मा चीन र सन् २०२६ मा जापानमा एसियन गेम्स हुँदैछ।

सन् २०१८ को एसियन गेम्स भने इन्डोनेसियामा भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org