चीनको श्वेतपत्र सार्वजनिक: त्रिपक्षीय सहकार्यलाई बढावा दिने लक्ष्य
काठमाडौं । त्रिपक्षीय विकास सहकार्यलाई बढावा दिने लक्ष्यसहित चीनले अन्तर्राष्ट्रिय विकास सहकार्य सम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ ।
आइतवार सार्वजनिक गरिएको सो पेपरमा एक अर्काको नीति, विचार, मोडललाई सम्मान गर्दै पारस्परिक सम्मान र समझदारीको आधारमा यसलाई अगाडि बढाउने उल्लेख छ ।
नेपालमा पनि विगत एक दशकदेखि त्रिपक्षीय सहकार्यको बहस चलेपनि त्यो अगाडि बढ्न सकेको छैन । विशेषत नेपालमा विकासका परियोजनाहरुमा नेपाल, भारत र चीनवीच त्रिपक्षीय सहकार्यको प्रस्ताव चीनले गर्दै आएको छ । तर, यसमा खासै प्रगती भएको छैन । त्रिपक्षीय सहकार्यसँग टु प्लस वान मोडल पनि चीनले सन् २०१८ मा सार्वजनिक गरेको छ । दक्षिण एसियामा यो मोडललाई आगाडि बढाउने चीनको जोड छ ।
त्रिपक्षीय सहकार्यबारे सो पेपरमा भनिएको छ, ‘त्रिपक्षीय सहकार्यको उद्देश्य सहयोग प्राप्त गर्ने मुलुकहरुलाई फाइदा दिनु हो । त्यसैले उनीहरुको सार्वभौमसत्ता र उनीहरुको आवाजलाई सम्मान गर्नुपर्छ र यसको सिद्धान्त भनेको सम्बन्धीत मुलुकले परियोजनाको प्रस्ताव गर्न पाउनुपर्छ र उनीहरुको सहमतिका साथै सम्बन्धीत मुलुकले नै नेतृत्व गर्नुपर्छ ।’
नेपालसहित दक्षिण एसियाली मुलुकमा सो मोडलमा गएमा सार्वभौमसत्तामा असर गर्ने र मुलुकहरुको निर्णय क्षमतामा असर गर्ने भनी बहस भइरहेको छ । त्रिपक्षीय सहकार्यलाई अगाडि बढाउनको लागि लगातार वार्ता, संवाद र आदान प्रदानको आवश्यकता रहेको समेत सो नीतिमा उल्लेख छ । सो ह्वाइट पेपरमा चीनले अमेरिका, बेलायत लगायतका विभिन्न मुलुकसँग त्रिपक्षीय विषयमा सहकार्य गरेको उल्लेख गरेको छ ।
सो पेपरमा त्रिपक्षीय सहकार्यको विषयमा चीनले विभिन्न अन्तर्राष्ट्रिय निकाय र दातृ निकायहरुसँग कुराकानी गरिरहेको समेत उल्लेख छ ।
चीनको विकास सहकार्य सम्बन्धी ह्वाइट पेपरमा मुलुकहरुको आकार सानो वा ठूलो, धनी वा गरिव भएपनि अन्तर्राष्ट्रिय समुदायमा उनीहरु समान हुने उल्लेख छ ।
सो पेपरमा भनिएको छ, ‘अरु मुलुकहरुसँग विकास सहकार्य गर्दा कुनै पनि मुलुकले अन्य मुलुकले आफ्नो राष्ट्रिय अवस्था अनुकूलको विकासको बाटो तय गर्दा हस्तक्षेप गर्नु हुँदैन । त्यसैगरी आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुँदैन तर अन्य राजनीतिक स्वार्थहरु लाद्नु हुन्न ।’
चीनले विभिन्न स्वरुपमा विकास सहकार्यको मोडल विकास गरेको समेत उल्लेख गरेको छ । दीर्घकालीन अनुभवको आधारमा उसले पहिल्याएका विकासका स्वरुपहरुमा पूर्णपरियोजना, विभिन्न वस्तु र सामाग्रीहरु, प्राविधिक सहकार्य, मानव संशाधन विकासमा सहकार्य, साउथ—साउथ सहकार्य सहयोग कोष, चिकित्सक टोली, स्वयंसेवक, आपतकालीन मानवीय सहकार्य र ऋणबाट मुक्ति रहेका छन् ।
आफ्नो विकास सहकार्यमा चीनले बेल्ट एण्ड रोड (बिआरआई) मार्फत सहकार्य गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको छ । सो पेपर अनुसार उसले बिआरआई परियोजनामा निम्न विषयलाई प्राथमिकता दिएको छ –
नीतिगत समन्वय : सो नीति अनुसार चीनले अन्य देशका राजनीतिज्ञ, नीति निर्माता र विज्ञहरुलाई आफ्नो देशमा बोलाएर विभिन्न कार्यक्रमहरु गर्ने र अन्य देशमा समेत विज्ञहरु पठाउने काम गरिरहेको छ । विभिन्न विषयमा द्विपक्षीय समझदारी निर्माण गर्ने लक्ष्य लिएको छ । अहिलेसम्म चीनले बिआरआईमा सहभागी मुलुकका प्रतिनिधिहरुको लागि चार हजार तालिमहरुको आयोजना गरेको छ ।
पूर्वाधार निर्माणलाई तीव्रता : यो नीति अन्तर्गत चीनले कनेक्टिभिटी पूर्वाधार निर्माणलाई विशेष जोड दिइएको छ । राजमार्ग, रेल बन्दरगाह, पुल र टेलिकम्युनिकेसनसँग सम्बन्धित पूर्वाधारमा चीनको विशेष जोड छ ।
अवरोधविनाको व्यापार : विनाकुनै अवरोध व्यापार र वाणिज्य सन्चालन चीनको बिआरआईको महत्वपूर्ण पक्ष हो । यसका लागि आवश्यक पर्ने पूर्वाधारहरुको निर्माणमा चीनले विभिन्न मुलुकमा लगानी गरिरहेको छ । सन् २०१३ देखि २०१८ सम्म व्यापार सम्बन्धी झण्डै ३०० वटा तालिमहरु चीनले सम्पन्न गरेको छ ।
वित्तीय एकीकरण : विभिन्न मुलुकहरुसँग वित्तीय एकीकरण चीनको अर्काे महत्वपूर्ण प्राथमिकता हो । बिआरआईमा संलग्न मुलुकहरुलाई चीनले वित्तीय क्षमता विस्तार र अन्तर्राष्ट्रिय नेटवर्कमा एकीकृत हुनका लागि विभिन्न सहयोगहरु गरेको छ ।
जनता—जनताबिचको सम्बन्ध सुदृढ बनाउने : बिआरआईलाई अगाडि बढाउनका लागि चीनले जनता—जनता बिचको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ । यसका लागि उसले विभिन्न कार्यक्रमहरु समेत सन्चालन गरेको छ । यसबाहेक बिआरआई परियोजना अन्तर्गत नै चीनले सांस्कृतिक आदान प्रदान र सहकार्यलाई पनि अगाडि बढाएको छ ।
दीर्घकालीन विकास लक्ष्यलाई प्राप्तीमा योगदान
चीनले सार्वजनिक गरेको पेपरमा दीर्घकालीन विकास लक्ष्य प्राप्त गर्न चीनले विभिन्न मुलुकलाई गरेका सहयोगका क्षेत्रहरुको बारेमा समेत विस्तृतमा उल्लेख गरिएको छ । जसमा गरिवी निवारणमा सहयोग, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा सहयोग गरिएको सो पेपरमा उल्लेख छ ।
Comments
अरु समाचार
-
प्रोपोगान्डाका मास्टर मानिने उत्तर कोरियाका किमको निधन
एजेन्सि। उत्तर कोरियाका पूर्वप्रोपोगान्डा मास्टर किम कि नामको बुधबार ९४ वर्षको उमेरमा निधन भएको छ । उनको वृद्ध उमेर र...
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...