भारतीय सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः घर सम्हाल्ने गृहिणी र हाकिम बराबर
काठमाडाैँ । भारतीय सर्वोच्च अदालतले घर सम्हाल्ने गृहिणी र कार्यालयमा उपरखुट्टी लगाएर जागिर खाने श्रीमानको मूल्य बराबर हुने निर्णय सुनाएको छ ।
सात वर्षअघि राजधानी नयाँ दिल्लीको एउटा सवारी दुर्घटनामा मारिएका सरकारी कर्मचारी श्रीमान र घरकै कामकाजमा सीमित श्रीमतीको मृत्युको क्षतिपूर्तिसम्बन्धमा अदालतको उक्त फैसला आएको हो ।
न्यायाधीशद्वय एनभी रामना र सूर्यकान्तको संयुक्त इजलासले सन् २०१४ अप्रिलमा नयाँ दिल्लीमा एउटा कारले ठक्कर दिँदा मारिएको दम्पत्तिको परिवारलाई उपलब्ध गराउनुपर्ने क्षतिपूर्तिवापतको रकमलाई ११ लाख २० हजार भारु.बाट बढाएर ३३ लाख २० हजार पु¥याउन र उक्त रकममा सन् २०१४ को मेदेखि नै ९ प्रतिशत ब्याजसमेत प्रदान गर्न गत मंगलबार आदेश दिएको हो ।
फैसलामा भनिएको छ, ‘मारिने सबैको जीवनको मूल्य तोक्न सकिँदैन । सबैलाई आफनो जीवन अमूल्य हुन्छ । त्यसैले घरमा काम गर्ने मृतक श्रीमतिको क्षतिपूर्ति कम र कार्यालयमा काम गर्ने श्रीमानको बढी भन्ने हुँदैन ।’ सन् २०११ को जनगणनाअनुसार भारतमा झण्डै १६ करोड महिला हाउसवाइफ छन् । जबकि घरमा काम गर्ने श्रीमानको संख्या पुग नपुग ५७ लाख ९० हजार मात्र छ । त्यसैगरी भारतकै एउटा अध्ययन प्रतिवेदनलाई आधार मान्दै न्यायाधीशले फैसलामा उल्लेख गरेका छन् ‘औसतमा एउटी भारतीय महिलाले आफ्नो परिवारका सदस्यको निम्ति दैनिक २ सय ९९ मिनेट सित्तैँमा सेवा दिन्छिन् । तर, त्यहि कामको लागि पुरुषले जम्मा ९७ मिनेट मात्र दिने गरेको छ ।’
एक दिनमा महिलाले घरका सदस्यहरूको हेरचाहमा सित्तैँमा १ सय ३४ मिनेट खर्च गर्छिन् जबकि पुरुषले त्यहि कामको लागि ७६ मिनेट मात्र लगाउँछन् । महिलाले घरको काममा २४ घण्टामा झण्डै १७ प्रतिशत समय र पुरुषले २ दशमलव ६ प्रतिशत समय मात्र बिताउने गरेकाले पनि हाउसवाइफको कामको मूल्य अधिक देखिने व्याख्या अदालतको फैसलामा गरिएको छ ।
न्यायाधीशहरुले ती सबै सामाजिक गतिविधि र तथ्याङ्कबाट भारतीय कानुन र अदालतले कुनैपनि किसिमको श्रम र सेवाको मूल्यमा विश्वास गर्ने धारणालाई स्वीकृत भएको बताउँदै सबैभन्दा महत्वपूर्ण कुरा यो सामाजिक समानताको संवैधानिक दृष्टिकोण र सबैको जीवनको मर्यादा सुनिश्चित गर्ने दिशामा एउटा कोशेढुङ्गा हो भनेका छन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...