ताजा समाचार

ह्वाइटहाउस छाड्नुअघि बाइडनलाई ट्रम्पको पत्र

काठमाडाैँ । डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाड्नुअघि अमेरिकी सत्ताका उत्तराधिकारी जो बाइडनलाई पत्र लेखेका छन्।

सत्ता छाड्द गर्दा अपनाउनुपर्ने कैयन परम्परालाई ट्रम्पले तोडेपनि राष्ट्रपतिको कार्यालयमा आफ्ना उत्तराधिकारी बाइडनलाई भने पत्र लेखेर छाडेका हुन्।

उनले पत्रमा के लेखेका छन् भन्ने खुलाइएको छैन। तर नवनियुक्त राष्ट्रपति बाइडनले सो पत्रलाई ‘निकै उदारपूर्ण’ रहेको उल्लेख गरेका छन्।

सीएनएनसँग कुरा गर्दै बाइडनले भनेका छन्, ‘यो पत्र निजी हो, ट्रम्पसँग एकपटक कुराकानी नगरी म यो पत्रबारे केही भन्दिनँ।’

बाइडनसँगै पत्र पढेका प्रेस सचिव जेन साकीले यसलाई उदार र अनुकूल रहेको बताएका छन्। यो निजी पत्रलाई बाइडनले सार्वजनिक नगर्ने र तत्कालै दुई नेताबीच कुराकानी हुने कुनै सम्भावना नरहेका पनि उनले जानकारी दिएका छन्।

राष्ट्रपतीय निर्वाचनमा बाइडनसँग पराजित भएपनि ट्रम्पले नतिजा स्वीकार गरेका थिएनन्‌। उनलाई राष्ट्रपति कार्यालय ह्वाइटहाउस छोड्न लगाउन अमेरिकी नेता र प्रशासकहरूलाई निकै मेहनत गर्नुपरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org