ताजा समाचार

पशु कल्याणको विषयमा शसक्त ढंगले कलम चलाउन आग्रह

काठमाडौं । पशु कल्याणको क्षेत्रमा क्रियाशिल संस्था एनिमल नेपालले सञ्चारकर्मीलाई पशु कल्याणको विषयमा शसक्त ढंगले कलम चलाउन आग्रह गरेको छ ।

सोमबार राजधानीमा आयोजित अनलाईन पत्रकारहरु सम्मिलित भेटघाटमा यस्तो आग्रह गरेको हो । विगत १२ बर्षदेखि नेपालमा पशुपन्छी कल्याणको क्षेत्रमा आवाज उठाउदै आईरहेको सो संस्थाले काठमाडौं, ललितपुर, धादिङ, गोरखा,चितवन, बारा, रुपन्देही, कास्की,बाँके, कैलाली लगायतका जिल्लाहरुमा आफनो वार्षिक कार्यक्रम मार्फत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।

कार्यक्रममा पशुपन्छी कल्याण परियोजना प्रमुख सुलक्षणा राणाले पशुपन्छीको बाचुञ्जेल कल्याणको सुनिश्चित हुनुपर्नेमा जोड दिए । मानिस र पशुविच रहने व्यवहार पशुकल्याणमैत्री हुनुपर्ने बताउदै सो को विषयमा सञ्चारकर्मीहरुको जवाफदेहिदा शसक्त किसिमको हुनुपर्ने खाँचो औल्याए ।

पशुकल्याणको विषय जनचासोको समेत विषय भएकाले यसमा विशेष किसिमले ध्यान दिनुपर्ने उहाको भनाई थियो ।यसै गरी अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त अभियानका संयोजक निर्मल शर्माले पिंजडामा पालिएका कुखुराहरुको वस्तुस्थितिबारे चर्चा गर्दै त्यस्तो प्रकारको कुखुरापालन प्रणाली पशुपन्छी कल्याणका मान्यता विपरित हुने बताए ।

पन्छी वर्गमा पर्ने कुखुराहरुको कष्टकर जीवन पिंजडायुक्त खोर हटाएर उनीहरुलाई हिडडुल र चलायमान तरिकाको बासस्थान उपयुक्त विकल्प बन्ने धारणा उहाले राख्नुभयो । सो अवसरमा एनिमल नेपालले अश्व प्रजाति (गधा,खच्चड र घोडा) कल्याणकारी कार्यक्रम, सामुदायिक कुकुरहरुको बन्ध्याकरण कार्यक्रम, निशुल्क उपचार सेवा,रेविज विरुद्धको खोप शिविर,पशु कल्याण सम्बन्धी अभिमुखीकरण, सरकारसँगको पशुकल्याणसम्बन्धी वकालत लगायतका गतिविधि गरिरहेको जानाकारी गराएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org