ताजा समाचार

जनयुद्ध दिवसको अवसरमा खेलकुद आयोजना

काठमाडाैँ । २६ औ जनयुद्ध दिवसको अवसर पारी रुकुम –पूर्व) मा भलिबल र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको ।  दिवसको आवसर पारी सिस्ने गाउँपालिका वडा नम्बर ६ मा भलिबल प्रतियोगिता आयोजना गरिएको छ भने भूमे गाउँपालिकामा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।

सिस्ने गाउँपालिका ६ मा आयोजना गरिएको वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ १७ र महिलातर्फ ५ समुहले प्रतिस्पर्धा गर्नेछन् । यसमा रुकुम –पूर्व) सहित रुकुम –पश्चिम)का खेलाडीले सहभागीता जनाएका छन् । पुरुषतर्फको भलीबल प्रतियोगितामा प्रथम स्थान हासील गर्ने ५० हजार, दोस्रो हुनेले ३० हजार तेस्रो हुने समसहले २० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै महिलातर्फको भलिबल प्रतियोगितामा प्रथम स्थान हासील गर्नेले ३० हजार, दोस्रो स्थान हनसील गर्नेले २० र तेस्रो स्थान हासील गर्ने समुहले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेल व्यवस्थापक विवेक मल्लले बताउनुभयो ।

यस्तै भूमे गाउँपालिकामा सञ्चालन भइरहेको ब्याडमिन्टन प्रतियोगितामा रुकुम –पूर्व), रुकुम –पश्चिम), रोल्पा र बागलुङ जिल्लाका ४१ जोडीले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा प्रथम हुने जोडीले २० हजार, दोस्रो हुने जोडिले ११ हजार र तेस्रो र सान्तवना स्थान हासील गर्ने जोडीलाई पाँचपाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोकामगरले बताउनुभयो ।

प्रतीयोगितामा सहभागी समुह भेरै भएपछि भूमे २ को खेबाङ र गाउँपालिकाको केन्द्र खाबाङ बगर गरी दुुई ठाउँमा प्रतियोगिता सञ्चालन भइरहेको अध्यक्ष रोकाले बताउनुभएको छ ।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org