ताजा समाचार

जनयुद्धको प्राथमिकता स्वस्थ र स्फूर्ति पनि थियोः नेता पुन

रुकुम पूर्व । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री गणेशमान पुनले जनयुद्धका धेरै उद्देश्यमध्ये स्वस्थ र स्फूर्ति निर्माण पनि एउटा उद्देश्य भएको बताएका छन  ।

शारीरिक र मानसिक रुपमा मान्छे स्वस्थ भए मात्रै अरु विकासमा लाग्न सकिने भन्दै उनले स्वस्थताका लागि खेल महत्वपूर्ण भएको बताए ।

जिल्ला ब्याडमिन्टन संघ रुकुम पूर्वले जनयुद्ध दिवशको अवसर पारी आयोजना गरेको खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गर्दै नेता पुनले खेलले एकता र अनुशासनमा पनि बाँध्ने बताए ।

नेता पुनले स्वस्थता, मनोरञ्जन, एकताका लागि पनि सबै नागरिक कुनै न कुनै खेलमा जोडिनुपर्नेमा उनको जोड छ । खेल मार्फत समृद्धि आउने, समाजवादको उद्देश्य पूर्ति हुने भन्दै उनले यसका लागि ठिक ठिक ढंगबाट सबैको भूमिका औल्याए । खेल र अरु सबै क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने भन्दै उनले नेपालको हालको संरचना अनुसारका तीन तहकै सरकारले खेल क्षेत्रमा लगानी गर्नुपर्ने र खेल क्षेत्रमा रहेकाहरुले त्यसलाई सहि सदुपयोग गर्नुपर्ने बताए।

युवा, खेलाडी सबैले गाउँ, समाज निर्माणका लागि सिर्जनात्मक र रचनात्मक कार्यक्रममा ध्यान दिनुपर्ने भनाई उनको छ । युवाहरु सिप विकासमा लाग्नुपर्ने र रोजगार स्वरोजगारमा पनि युवाहरुले ध्यान दिनुपर्ने भन्दै नेता पुनले यो वातावरण निर्माणका सबै तह लाग्नुपर्ने र आफू पनि त्यसका लागि प्रतिबद्ध रहेको बताउनुभयो । सिस्ने गाउँपालिका, युवा विकास केन्द्रको आर्थिक सहयोगमा जिल्ला ब्याडमिन्टन संघ रुकुम पूर्वले प्रतियोगिता आयोजना गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org