ताजा समाचार

प्रदेश १ को प्रदेशसभाको बैठकः अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची

काठमाडाैँ । प्रदेश १ को प्रदेशसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाए पनि निर्धारित समयमा बस्न सकेन ।

सभामुख प्रदीपकुमार भण्डारीले बैठकको कार्यसूची सार्वजनिक गरेका छन्, तर दिउँसो २ बजेसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रमुख सचेतकहरु रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।

आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ । तर मुख्यमन्त्री राईले बैठक रोक्न सभामुख भण्डारीलाई आग्रह गरेका छन् ।

यसअघि माघ २४ गते बसेको बैठकमा पनि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्ने कार्यसूची थियो ।

सत्तारुढ नेकपाको ओली समूहले नै अवरुद्ध गरेपछि सभामुख भण्डारीले दुई हप्तालाई बैठक स्थगित गरिदिएका थिए ।

दुई हप्तापछि आइतबारका लागि तोकिएको बैठक पनि चल्ने वा स्थगित हुने टुंगो छैन । सत्तारुढ नेकपा ओली समूहका सांसदहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठकमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org