ताजा समाचार

ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ।

बुधबार पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्नै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको बताए।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे थप निर्णय गरेका छैनौँ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले नैतिकतामा आधारमा राजीनामा दिनुपर्ने थियो। सर्वोच्चको पछिल्लो फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। अन्य दलसँग सहमति गरेर एउटा निष्कर्षमा पुग्नका लागि हामीले गृहकार्य गरिरहेका छौँ।’

बैठकले कांग्रेस र जसपासँग भएको वार्ताका बारेमा अध्यक्ष प्रचण्डले जानकारी दिनुका साथै अन्य पार्टीसँग वार्ता गर्ने जानकारी दिएको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org