ताजा समाचार

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् ।

खरेलको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति निकट स्रोतले  जानकारी दिएको छ ।

उनले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट थिए ।

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org