ताजा समाचार

राष्ट्रपति भण्डारी राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमको जहाजमार्फत बंगलादेश जाने

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बंगलादेश जाने भएकी छन्।

उनी यही चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमण गर्दैछिन्।

निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बंकलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए। काठमाडौँ बंगलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुनेछ।

राष्ट्रपति भण्डारी चैत १० गते बंगलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौँ फर्कने उडान तालिका छ। चार्टर्ड उडानको जहाजमा ‘रिफ्युलिङ एन्ड स्याम्पल टेस्टिङ’ उडान हुने दिन सोमबार बिहान ६ः३० बजे सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

उनले राष्ट्रपतिको राजकीय भ्रमणमा राष्ट्रिय ध्वजावाहकको प्रयोग भएकामा निगम गौरवान्वित भएको बताए। यसअघि पनि राष्ट्र प्रमुख तथा सरकार प्रमुखले राजकीय भ्रमणका सन्दर्भमा निगमको जहाज प्रयोग गर्दै आएकी छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org