ताजा समाचार

मेस्सीको कीर्तिमानमा बार्सिलोनाको सानदार जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।

सोसिडाडका एण्डरले रक गोल फर्काए ।

Image

सोसिडाडको मैदानमा ग्रीजम्यानले ३७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

४३ औं मिनेटमा डेस्टले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २-० ले अघि रह्यो ।

खेलको ५३ औं मिनेटमा डेस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३-० को बन्यो ।

Image

५६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ४-० को अग्रता दिलाए ।

खेलको ५१ औं मिनेटमा डेम्बेलेले गोल गर्दा बार्सिलोना ५-० ले अघि रह्यो ।

खेलको ७७ औं मिनेटमा एण्डरले घरेलु टोलीका लागि एक गोल फर्काए ।

Image

त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ६-१ को जित दिलाए ।

यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् ।

मेस्सीले पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् ।

जितपछि बार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

बार्सिलोनाले २८ खेलमा ६२ अंक जोडेको छ ।

सोसिडाड ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

अर्को खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अल्भेसलाई १-० ले हराएको छ ।

लिग लिडर एट्लेटिकोलाई जित दिलाउन लुइस सुआरेजले निर्णायक गोल गरे ।

एट्लेटिको ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org