ताजा समाचार

मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राई

संकटमा मुख्यमन्त्रीलाई साथ दिएकाहरुलाई मन्त्री

काठमाडाैँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्।

नयाँ मन्त्रीहरूलाई आजै दिउँसो शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा हुने भएका छन्। दुवै जनालाई आआफ्नै मन्त्रालयमा मन्त्रीको जिम्मेवारी दिइने भएको हो।

यस्तै माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङ्बोहाङलाई आर्थिक मामिला तथा योजनामन्त्री, माधवकुमार नेपालको समूह छाडेर आएकी उषाकला राईलाई सामाजिक विकासमन्त्रीको जिम्मेवारी दिइने भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org