ताजा समाचार

राजीनामा दिन लागेका मन्त्रीलाई मुख्यमन्त्री शाहीले भने- अन्तिम क्याबिनेट बैठक बसौं न

काठमाडाैँ । कर्णाली प्रदेशका तीन जना मन्त्रीहरूले मंगलबार राजीनामा दिने भएका छन्।

नेकपा एमालेबाट मन्त्री भएकाहरूले आज राजीनामा दिन लागेका हुन्। आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमाले मन्त्रीहरूले राजीनामा दिन लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्तिम क्याबिनेट बैठक बस्न प्रस्ताव गरेका छन्।

‘हामीले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छौं। मुख्यमन्त्रीज्यूले अन्तिम पटक क्याबिनेट बैठक बसौं न भन्नु भएकाले हामी बैठकमा जाँदैछौं,’  अर्थमन्त्री प्रकाश ज्वालाले भने,‘बैठकपछि राजीनामा बुझाउँछौं।’

एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री शाहीको मन्त्रिपरिषद पनि अल्पमतमा पर्नेछ। त्यसपछि उनी सत्तामा टिकिरहने सम्भावना छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org