लन्डनमा म्यानमारका राजदूतलाई दूतावास प्रवेशमा रोक
एजेन्सि । बेलायतका लागि म्यानमारका राजदूतलाई दूतावासमा छिर्न नदिइएपछि कारमा नै रात बिताएका छन् ।
बुधबार दूतावासमा तैनाथ म्यानमारको सैन्य सहचरीले राजदूत क्व जर मिनलाई देशको प्रतिनिधि नमानिएको भन्दै दूतावास छाड्न भनेको थियो ।
म्यानमार सेनाले गएको फेब्रुअरी १ मा ‘कू’ गरी सत्ता हातमा लिएको थियो । गएको मार्चमा क्व जर मिनले नेतृ आङ सान सुकीको रिहाइको माग गर्दै सेनाको कदमले म्यानमारलाई विभाजित गरेको र गृहयुद्धतिर धकेलेको बताएका थिए । क्व जरले ‘कू’विरोधी आफ्नो अभिव्यक्ति राष्ट्रविरोधी नभएको बताएका छन् ।
दूतावास प्रवेशमा लगाइएको रोकलाई उनले ‘कू’को संज्ञा दिएका छन् । राजदूतलाई प्रवेशमा रोक लगाइएको समाचार बाहिरिएसँगै दूतावास भवनअगाडि प्रदर्शनकारीहरु जम्मा भएको जनाइएको छ ।
राजदूत क्व जरको अवस्थाका बारेमा कूटनीतिक माध्यममार्फत जानकारी लिने प्रयास भइरहेको बेलायती विदेश मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
Comments
अरु समाचार
-
अन्तरदेशीय विद्युत व्यापार विस्तार गरिरहेका छौ, विद्युत खेर जान्छ भनेर चिन्ता गर्नु पर्दैन: सचिव घिमिरे
काठमाडाैँ । ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले ऊर्जा विकास सम्बन्धी अन्तक्रिया कार्यक्रम काठमाडौंको बानेश्वरमा गरेको छ । चैत्र २३ गते...
-
वायु प्रदूषित शहरमा काठमाडौँ फेरि विश्वको एक नम्बरमा
काठमाडौँ । काठमाडौँ फेरि विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा एक नम्बरमा परेको छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै...
-
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह
काठमाडौँ । कुवेती अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) का मुख्य प्रशिक्षक बनेका छन् । उनलाई अखिल नेपाल फुटबल...
-
बार्सिलोनालाई पछि पार्दै रियल दोस्रो स्थानमा उक्लियो
काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। घरेलु टिम रियलले इबारलाई २–० गोलले हराएको...
-
भारत फेरि कोरोना भाइरस महामारीको विश्वकै ‘हटस्पट’
काठमाडाैँ । भारत फेरि एकपटक कोरोना भाइरस महामारीको विश्वकै ‘हटस्पट’ बनेको छ। पछिल्ला दिनमा भारतमा संक्रमण दर अत्याधिक छ। शनिबार...
-
चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज नेपाल ल्याइँदै
काठमाडौँ। चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरूद्धको खोप आज नेपाल ल्याइँदै छ । खोप लिन नेपाल वायुसेवा निगमको...
-
म्यानमारको सैन्य दमन अमानवीय र निन्दनीय : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा सैनिक कदमको विरोधमा भइरहेको आन्दोलनमा दमन भएकामा आपत्ति जनाएको छ । आइतबार प्रवक्ता विश्वकप्रकाश शर्माले...
-
खोप निर्यात तत्कालका लागि बन्द गर्ने भारतको निर्णय, नेपालसहित १९० देश प्रभावित हुने
काठमाडाैँ । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अरु देशलाई नदिने भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा...
-
२१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील छुः प्रधानमन्त्री मोदी
एजेन्सि । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील भएको दाबी गरेका छन् । भारतीय...