ताजा समाचार

कर्णालीमा माधव नेपाल पक्षीय सांसदले जोगाइदिए मुख्यमन्त्रीको पद !

सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका माधवकुमार नेपाल पक्षीय सांसदहरुले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् । नेकपा एमाले संसदीय दलले आफ्ना सांसदहरुलाई मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्दै आफ्नो सरकारलाई सुरक्षित बनाएका हुन् । मतदानमा ३७ जना उपस्थित भएका थिए ।

नेकपा एमालेले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको मत दर्ता गराएपछि मुख्यमन्त्री शाहीले प्रदेश सभामा विश्वासको मत मागेका थिए ।

कर्णाली प्रदेशमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org