नेपालको कोरोना महामारी अवस्थाप्रति चीनद्वारा चिन्ता व्यक्त, सहयोग गर्न तयार
एजेन्सि । नेपालमा फैलिएको कोभिड-१९ महामारीविरूद्धको लडाईमा चीनले सक्दो सहयोग गर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा महामारीको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
प्रवक्ता वनपिनले नेपाल चीन मैत्रीपूर्ण छिमेकी तथा रणनीतिक साझेदार भएको र चिनियाँ पक्षले नेपालमा महामारीको गम्भीर अवस्थाको चुनौती महसुस गरेको र यथासक्य सहयोग पुर्याउन तत्पर रहेको उल्लेख गरेका हुन् । चीनले नेपालको कोभिड-१९ महामारीविरूद्धको लडाइँमा नेपाललाई निरन्तर रूपमा सक्दो सहयोग पुर्याउन प्रयास गर्ने पनि बताएका छन्, उनले भने ।
उनले नेपाललाई महामारीविरूद्धका लागि आवश्यक सामग्रीको नयाँ खेप आपूर्ति गराउने बताउँदै ती सामग्रीहरू सङ्कलन गरी चाँडोभन्दा चाँडो नेपाली साथीका लागि पठाउने पनि बताए । उनले यसरी निपोआर फङ्ग्यो अर्थात् नेपाली साथी भनेर नै सम्बोधन गरेका थिए । उनले भने, हामी विश्वास गर्दछौँ कि नेपाल सरकारको नेतृत्व र सबै दलको संयुक्त प्रयासबाट नेपाली जनताले चाँडै नै महामारीलाई जित्न सक्ने छन् र सामान्य जीवनयापन तर्फ छिटै फर्कने छन् ।
चाहे महाभूकम्प होस् या महामारी चीन सदा नेपालप्रति चिन्तित देखिन्छ र नेपाललाई सदा सहयोग गर्न तत्पर छ । आजको सम्मेनलमा प्रवक्ता वनपिनले यसरी नेपाललाई सम्बोधन गर्नु यसैको उदाहरण हो । यो घोषणा र सम्बोधनले फेरि पनि चीन नेपालको सदाबहार छिमेकी मित्र राष्ट्र भएको प्रमाणित हुन्छ । महामारी भए देखि नै नेपाललाई सक्दो सहयोग गर्दै आएको चीनले आठ लाख डोज खोप अनुदान स्वरूप सहयोग गरिसकेको छ ।
प्रवक्ता वनपिनले उक्त पत्रकार सम्मेलनमा हालसालै महामारीलाई परास्त गर्ने सम्बन्धमा चिनियाँ विदेश मन्त्रीले आयोजना गरेको भिडियो सम्मेलनमा नेपाली परराष्ट्र मन्त्रीसँग नेपाललाई महामारीविरूद्ध नयाँ खेपको सामग्री उपलब्ध गराउने विषयमा छलफल भएको पनि उल्लेख गरे । नेपालमा महामारी भयावह बन्दै गएको अवस्थामा चीन यसरी समर्थनमा उभिइनु नेपालको लागि यो एउटा ठूलो सहारा र समर्थन हो ।
यसबाहेक, चिनियाँ मिडियाले पनि पनि नेपाल अर्को भारत बन्ने अवस्थामा रहेको विषयलाई खुबै चासो दिएका छन् र चिन्तित पनि छन् । महामारीको अवस्थामा सगरमाथामा पर्वतारोहण खुला गरिएको विषय होस् या हालै मात्र १७ जना सगरमाथा आरोही सङ्क्रमित देखिएको समाचारलाई पनि मिडियाहरूले विशेष प्राथमिकता दिएका थिए । यसका साथै चिनियाँ स्थानीय सरकार र समाजका सबै क्षेत्रले पनि सक्रिय रूपमा नेपाललाई तत्काल आवश्यक पर्ने स्वास्थ्य आपूर्ति सहयोग गरिरहेका छन् ।
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...