ताजा समाचार

चीनबाट ४०० सिलिन्डर अक्सिजन बोकेर आइपुग्यो वाइडबडी

काठमाडौं । चीनबाट चार सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलायन्सको एयर बस ए ३३० (वाइडबडी) नेपाल आइपुगेको छ । चिनियाँ सहयोगमा पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डर र २० भेन्टिलेटर लिएर जहाज नेपाल आइपुगेको हो ।

चीनले नेपाललाई २० हजार थान सिलिन्डर अनुदानमा दिने सहमति गरेको थियो । पछिल्लो समय मुलुकमा दोस्रो चरणको कोभिड फैलिएपछि अक्सिजनको माग ह्यवात्तै बढेपछि । सरकारले सिलिण्डर अभाव भएपछि पहिलोपटक चीनबाट ल्याउन लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org