ताजा समाचार

छिङहाई प्रान्तका सबै जिल्ला गरिबबाट मुक्त

एजेन्सि  । अप्रिल२१ तारिख छिङहाई प्रान्तीय माछिङ जिल्ला लगायत १७वटा गरिबीग्रस्त जिल्लाले गरिबीको दर्जा हटाएका छन्। जसबाट छिङहाई प्रान्तका सबै जिल्ला गरिबबाट मुक्त भएका छन्।

श्रेष्ठ उद्योगको विकास छिङहाई प्रान्तले गरिबी निवारण गर्ने मुख्य तरिका हो। उदाहरणका लागि छिङहाई प्रान्तीय माछिङ जिल्लाको ओख गाउँले पर्यावरणीय पशुपालन सहकारीको स्थापना गरेको छ। जसरी सामूहिक तथा प्रभावकारी पशुपालनले याकको उत्पादन दर र भाउ धेरै बढेको छ। त्यसपछि सहकारीले याकहरूलाई प्रान्तका अरू क्षेत्रमा पुर्याएर बिक्री गरेको छ।
याक र घाँसे मैदानको व्यवस्थापनको जिम्मा सहकारीलाई दिनुका साथै आफूले बाहिर गएर काम गर्नसक्ने कुरा पहिलेको गरिब गाउँले ज्ञासाङ डोट्रेले बताउनुभयो।

आम्दानी बढेर यस वर्ष ज्ञासाङ डोट्रे गरिबीबाट मुक्त हुनुभयो। छिङहाई प्रान्तमा ज्ञासाङ डोट्रेजस्तै गरिबी निवारणलाई सहयोग गर्नका लागि प्रान्तले ६० प्रतिशत गरिबी पूँजीलाई याक, जौ, जातीय हस्तकला आदि विशेषतायुक्त उद्योगमा लगाएको छ। जसले पर्यावरणको सुरक्षा तथा विपन्नता उन्मूलनको साझा विकास गर्ने नयाँ मार्ग पत्ता लगाएको छ। छिङहाई प्रान्तीय गरिबी उन्मूलन तथा विकास व्यूरोका प्रमुख मा फङशङले यसरी चर्चा गर्नुभयो-

महासचिव सी चिनफिङले जोड दिनुभयो- सम्पन्न समाजको चौतर्फी निर्माण गर्न कुनै जाति पनि छुट्नु हुँदैन, कुनै एकजना मान्छे छुट्नु हुँदैन। समुदायको प्रयासमा प्रान्तका सबै ४२वटा गरिबीग्रस्त जिल्लाले गरिबी हटाएका छन्।

अप्रिल २१ तारिखसम्म चीनका हपै, वल्लो शानसी, भित्री मंगोलिया, चिलिन, हैलुङच्याङ, हनान, हुनान, हाईनान, छोङछिङ, तिब्बत, पल्लो शानसी र छिङहाईलगायत १२ प्रान्त, प्रदेश तथा स्वशासित शहरका गरिब जिल्लाले विपन्नता उन्मूलन गरेका छन्। चिनियाँ राज्य परिषदको गरिबी निवारण कार्यालयका उपप्रमुख स्या कङशङले यसरी जानकारी दिनुभयो-

“हाम्रो देशमा ८ सय ३२ गरिब जिल्ला छन्। हालसम्म कुल ७ सय ३वटा जिल्ला गरिबीबाट मुक्त भएका छन्। हाम्रो जाँच-परीक्षण तथा तेस्रो पक्षको मूल्यांकन तथा स्थलगत जाँचद्वारा गरिबी उन्मूलन भएको गुणस्तर राम्रो छ। यद्यपि गरिबीबाट मुक्त भए तापनि यो गरिबी उन्मूलनको अन्त्य होइन। महासचिव सीबाट प्रस्तुत मार्गका अनुसार, गरिबी उन्मूलनको उपलब्धिलाई दृढ पार्नुका साथै गरिबी उन्मूलन युद्धमा चौतर्फी रूपमा जित्नका लागि प्रत्याभूति दिनुपर्छ।”                                                 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org