ताजा समाचार

खोप आपूर्ति चाँडो गर्न राष्ट्रसंघलाई प्रधानमन्त्रीको ताकेता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभ्याक्स सुविधाको खोप चाँडै आपूर्ति गर्न राष्ट्रसंघलाई आग्रह गरेका छन् ।राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीसँगको भेटमा ओलीले नेपालको अवस्थालाई मध्यनजर गर्दै चाँडो खोप आपूर्ति गर्न ताकेता गरेका हुन् ।

भेटमा राष्ट्रसंघीय दूत न्यान्तीले नेपालको पछिल्लो अवस्था, खोपको उपलब्धता र आवश्यकताबारे प्रधानमन्त्रीसँग बुझेकी थिइन् ।

साथै, भेटमा राष्ट्रसंघले खोप र स्वास्थ्य सामाग्री आपूर्तिका लागि गरेको पहलबारे न्यान्तीले ब्रिफिङ गरेकी थिइन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार भेटमा राष्ट्रसंघले कोभ्याक्स सुविधाअन्तर्गतको खोप चाँडै नेपाल ल्याउन पहल भैरहेको जनाएको छ ।

न्यान्तीले सोमबार छाउनीस्थित कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कार्यालय पुगेर अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको उपलब्धताबारे पदाधिकारीसँग बुझेकी थिइन् ।

गतसाता उपप्रधानमन्त्री इश्वर पोखरेलले पनि राष्ट्रसंघलाई खोप आपूर्ति चाँडो गर्न ताकेता गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org