ताजा समाचार

पुर्वमन्त्री पुनको पहलमा टेलिकमको समस्या सुल्झाउन जेनेरेटर पठाइदै

रुकुम पूर्व । रुकुम पूर्वको नेपाल टेलिकमको नेटवर्क समस्या समाधानका निम्ति नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गणेशमान पुनको पहलमा नेपालगञ्जबाट जेनेरेटर पठाइने भएको छ ।

अहिले रुकुम पूर्वका लागि टेलिकमको समस्या समाधान गर्न नेपालगञ्जमा १५ केभीको जेनेरेटर लोड भइरहेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका प्रमुख झविन्दलाल उपाध्यायले जनाए ।

`रुकुम पूर्वको टेलिकमको सेवा प्रभावकारी नभएका कारण भैरहवा र कर्णाली प्रदेशमा पनि समन्वय भएको थियो ।  तत्काल समस्या समाधान गर्नै पर्ने भएकाले भैरहवाबाट प्राविधिक टोली भोली पठाइने र नेपालगञ्जबाट आजै जेनेरेटर पठाउन लोड भइरहेको छ । अवस्था सहज भएमा संभवत भोली पुग्ला । अहिले पावरको कारण टेलिकमको सेवामा समस्या आएको हो । अब जेनेरेटर पुगेपछि यो समस्या समाधान हुन्छ तर, दिर्घकालीन रुपमै समस्या समाधान गर्न फाइबर नै चाहिन्छ । सल्यान हुदै रुकुम पूर्व र पश्चिमका लागि पनि जानेक्रम छ । शितलपोखरीबाट रुकुम पूर्व र खलङ्गा लैजाने योजान छ । त्यसरी पुग्यो भने नेटवर्क समस्या दिर्घकालीन रुपमै समस्या समाधान हुन्छ´, नेता पुनले भने ।

नेटवर्क समस्याबाट आजित जनताले मुक्ति पाउने विश्वास लिइएको उनले जनाए ।

नेपाल टेलिकम रुकुम पूर्व प्रमुख चन्दन यादव समेत समस्या समाधानका निम्ति लागिपरेको र सबैको सहकार्यका कारण समस्या समाधान गर्न सहज भएको पुनले जनाए ।

टेलिकमको पावर समस्या समाधान गर्न नेता पुनले कर्णाली प्रदेश प्रमुख शिवराज खनाल लगाएतसंग समन्वय गरेको र खनालले जेनेरेटर समस्या भएमा पत्र आएमा तुरुन्त पठाउन सकिने जवाफ दिएको पुनको भनाई थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org