ताजा समाचार

खाद्यान्‍न सामग्री लिएर मुख्यमन्त्री पोखरेल मनाङमा

काठमाडौँ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाढी पहिरोले क्षतिग्रस्त मनाङ प्रस्थान गरेका छन् । औषधी, खाद्य सामग्री, टेन्टलगायतका सामग्री लिएर मुख्यमन्त्री पोखरेल, मनाङकै प्रदेश सभा सदस्य, मन्त्री राजीव गुरुङ(दिपक मनाङे) सहितको टोली मनाङ गएको हो ।

गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमा उनीहरू मुस्ताङ गएका हुन् ।  मनाङमा मर्स्याङ्दी नदी उर्लिँदा धारापानी, ताल गाउँमा धेरै क्षति भएको छ । त्यस्तै घट्टेखोलालगायत साना खोलामा बाढी आउँदा मनाङ सदरमुकाम चामेमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org