ताजा समाचार

कोपा अमेरिका : उरुग्वेविरुद्ध अर्जेन्टिनाको जित

एजेन्सि  । कोपाअमेरिका फुटबलमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गर्‍यो ।

खेलको १३औँ मिनेटमा अर्जेन्टिनाका गुइडो रोड्रिगेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र रोड्रिगेजको उक्त गोल नै निर्णायक बन्यो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले निकालेको पासमा रोड्रिगेजले हेडिङमार्फत् गोल गरेका थिए ।

उरुग्वेले बलमा राम्रो पोजिसन बनायो । तर, कुनै पनि प्रहार ‘टार्गेट’मा पुर्‍याउन भने सकेन । अर्जेन्टिनाले गोलका लागि ९ प्रहार गरेको थियो । त्यसमध्ये ६ वटा प्रहार टार्गेटमा थिए ।

खेलको ७५औँ मिनेटमा अर्जेन्टिनी गोल किपर इमिलिओनो मार्टिनेजलाई पहेलो कार्ड दिइएको थियो । बल सञ्चालनमा ढिला गरेको भन्दै रेफ्रीले उनलाई पहेलो कार्ड दिएका थिए ।

अर्जेन्टिनाले समूह चरणको दुई खेल खेलेको छ । यसअघि अर्जेन्टिनाले चिलीसँग बराबरी खेलेर १-१ अंक बाडेको थियो ।

आज उरुग्वेलाई हराएसँगै अर्जेन्टिनाले ३ अंक जोडेको छ । दुई खेलमा ४ अंक जोडेको अर्जेन्टिना शीर्ष स्थानमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org