ताजा समाचार

प्रभु साह प्रमुख अतिथि रहेको नगरसभामा कुटाकुट, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडाै । रौतहटको मौलापुर नगरपालिकाे नगरसभामा कुटाकुट भएकाे छ । पाचाैँ नगरसभा चलिरहेका बेला दुई पक्षबीच हानाहान भएकाे हाे ।

माओवादी छोडेर एमालेमा लागेका नेता प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएकाे छ । ठूलै झडप भएपछि स्थितिलाई नियन्त्रणमा  लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

नगरसभाको प्रमुख अतिथि प्रभु साह छन् । साे नगरपालिकाकाे प्रमुख उनकै श्रीमती रिनाकुमारी साह हुन् । विपक्षी नेताहरूले नगरपालिकामा ठूलै हिनामिना भएकाे आराेप लगाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org