ताजा समाचार

इजरायलबाट ५८ थान भेन्टिलेटरसहित २० करोडको स्वास्थ्य सामग्री आइपुग्यो

काठमाडाैँ । इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको पहलमा इजरायलबाट पठाएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण नेपाल आइपुगेको छ।

नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाईटमार्फत सामग्री बिहीबार विहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोलीले सो सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

राजदूत शाक्यका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पिपिई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन्।  करिब २० करोड रुपैयाँ मूल्य पर्ने सामग्री रहेको उनको भनाई छ।

कोभिड—१९ सँग सम्बन्धी इजरायलले अपनाएको उपचार पद्धतिमा नेपाललाई सहयोग गर्न ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा.शाक्यले बताइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org