थ्री नेसन्स कप च्याम्पियन राष्ट्रिय फुटबल टोली सम्मानित
काठमाडौं । चैतमा भएको थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइतबार सरकारले नगदसहित पुरस्कृत गरेको छ ।
बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत गरे । विजेता टोलीका २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए ।
गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २-१ ले हराउँदै उपाधि जितेको थियो । सोही नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो । यस्तै प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित भइ फाइनल खेल हेरेका थिए । सोही क्रममा विजेतालाई पुरस्कार दिने घोषणा गरेका थिए ।
थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४/४ लाख दिने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको थियो ।
फाइनलमा नेपाललाई उपाधि दिलाउन सजोक राई र विशाल राईले एक÷एक गोल गरेका थिए ।
Comments
अरु समाचार
-
आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप सुरु
काठमाडौं । मोरङको विराटनगरस्थित सहिद रङ्गशालामा आजदेखि आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप सुरु भएको छ । प्रतियोगिताको आवश्यक सबै तयारी...
-
चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल
काठमाडौं । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा रु तीन लाख राशिको कालिका कप भलिबल प्रतियोगिता यही चैत ३० गतेदेखि...
-
बहराइनसँग नेपालको लगातार दोस्रो हार
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली बहराइनसँग लगातार दोस्रो खलमा पराजित भएको छ। फिफा विश्वकप र एएफसी एसिया कप छनोटको...
-
गुजरातलाई हराउँदै चेन्नईको लगातार दोस्रो जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग(आइपिएल) मा पाँच पटकको विजेता चेन्नईले लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा साविक...
-
आईपिएल :चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किंगले दोस्रो जित दर्ता गरेको छ। गएराति भएको खेलमा गुजरात टाइटनलाई ६३...
-
आठौँ विराट गोल्डकप बिहीबारदेखि
काठमाडौं । मोरङको विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत २४ गतेसम्म...
-
आईपीएलः पञ्जाबमाथि आरसीबीको जितमा विराटले शानदार अर्धशतक बनाए
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्समाथि ४ विकेटको जित निकालेको छ।...
-
टी-२० अभ्यास खेल: नेपाल र आयरल्यान्ड ‘ए’ बीच आज दोस्रो खेल
काठमाडौं । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट...
-
क्रिकेटर आदिलले फिक्सिङको आरोपबाट उन्मुक्ति पाए
काठमाडौं । क्रिकेटर आदिल अन्सारीले फिक्सिङको आरोपबाट उन्मुक्ति पाएका छन् । अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ...