ताजा समाचार

फेरिँदै प्रदेश प्रमुख : प्रदेश २, गण्डकी र लुम्बिनीका सुरुमा हटाइने

काठमाडौँ। पूर्ववर्ती केपी शर्मा ओली सरकारले कार्यकालको उत्तरार्द्धतिर परिवर्तन गरेका प्रदेश प्रमुखहरू हटाइने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुखलाई हटाउन लागेको हो । उनीहरूलाई आजै हटाइने देउवा निकट एक नेताले  जानकारी दिए ।

ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा राजेश अहिराज, गण्डकी प्रदेशमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादवलाई नियुक्त गरेकी थिइन् ।

गण्डकी र लुम्बिनीमा एमालेका मुख्यमन्त्रीहरूको सत्ता बचाउन र प्रदेश २ सरकारलाई अप्ठ्यारो पार्न नेकपा माओवादी केन्द्र निकटका मुख्यमन्त्रीहरू हटाएर आफू निकटका व्यक्तिहरू नियुक्त गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org