ताजा समाचार

३ भदौदेखि सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा, स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार समक्ष विभिन्न पाँच बुँदे मागहरु अघि सारेका छन् ।

माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने उनको घोषणा छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनको पहिलो माग छ । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य मन्त्री नियुक्त गरिएको भन्दै उनले तत्काल पदमुक्त गर्नुपर्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org