ताजा समाचार

वासिङ्टनमा दूतावासले थाल्यो मोबाइल घुम्ती सेवा

एजेन्सि । अमेरिकी सहर वासिङ्टनको सियाटलबाट नेपाली घुम्ती सरकारी सेवा सुरु भएको छ ।

राजदूत युवराज खतिवडाले आइतबारदेखि मोबाइल घुम्ती काउन्सिलर सेवाको थालनी गरे ।

राहदानी, कागजपत्र नवीकरण र संकलन र राजदूतको तहबाट प्रदान गरिने सेवा उपलब्ध हुने दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ । राजदूत खतिवडाले सियाटल सरहका नेपाली व्यवसायी र उद्योगीसँग अन्तक्रिया पनि गरेका छन् ।

आइतबार राजदूत खतिवडाले सियाटलमा ब्रेन गेन अन्तक्रियामा समेत सहभागिता जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org