ताजा समाचार

परीक्षा रोक्न माग गर्दै पद्‌मकन्या क्याम्पसमा प्रदर्शन, ७ पक्राउ

२६ साउन, काठमाडौँ । बागबजारस्थित पद्मकन्या क्याम्पसमा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पहिला खोप त्यसपछि परीक्षा भन्दै क्याम्पस अगाडि नाराबाजीसहित प्रदर्शन गर्ने ७ जनालाई नियन्त्रणमा लिइएको डीएसपी मिनबहादुर कुँवरले जानकारी दिए ।

भीडभाड हुँदा संक्रमण बढ्ने भन्दै विद्यार्थीहरुले प्रदर्शन गर्दै परीक्षा रोक्न माग गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले यसअघि नै तय भइसकेका भदौ ५ गतेसम्मको परीक्षा यथावत राख्‍ने भन्दै सञ्चालन गर्ने निर्णय गरेको छ ।

केही परिक्षार्थीहरु कलेज बाहिर प्रदर्शन गरिरहेका छन् भने केही परीक्षा दिनका लागि भनेर कलेज परिसरभित्र पुगेका छन् । प्रहरीले भने परीक्षा दिने वातावरण बन्दै गएको जनाएको छ ।

पद्मकन्या कलेजमा विभिन्न १८ वटा कलेजका सिफ्ट अनुसार परीक्षा तोकिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org