ताजा समाचार

अफगानिस्तानका कार्यवाहक गृहमन्त्रीले भने- अब अन्तरिम सरकार बन्छ

काठमाडाैँ ।  तालिबान लडाकुहरूले देशका मुख्य सहरहरू कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सत्ता छोड्ने भएका छन्।

अफगानिस्तानका कार्यवाहक गृह मन्त्री अब्दुल सत्तार मिर्जाकवालले अन्तरिम सरकारलाई शक्ति हस्तान्तरण हुने बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आजै राजधानी काबुल पसेका तालिबानहरूले वार्ताका लागि राष्ट्रपति कार्यालय गएका थिए। उक्त वार्ताको सहजीकरण राष्ट्रिय मेलमिलापका लागि उच्च आयोगका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले गरेको अफगान समाचार संस्था खामाले जनाएको छ।

कार्यवाहक गृहमन्त्री अब्दुलले शान्तिपूर्ण तरिकाले शक्ति हस्तान्तरण हुने भएकाले काबुलवासीलाई शान्त रहन आग्रह गरेका छन्। उनले काबुलमा तालिबानहरूले आक्रमण नगर्ने पनि बताएका छन्।

यसअघि तालिबानका प्रवक्ताले पनि काबुलमा आक्रमण नगर्ने र वार्तामार्फत् शक्ति हस्तान्तरणका लागि छलफल भइरहेको बताएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org