ताजा समाचार

मलेसियाका प्रधानमन्त्री यासिनले दिए राजीनामा

काठमाडाैँ । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्। समाचार संस्था एपीका अनुसार उनले सोमबार राजालाई राजीनामा पत्र बुझाएका छन्।

संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन्। यासिनले प्रधानमन्त्रीमा नियुक्त भएको १८ महिना नबित्दै राजीनामा दिएका हुन्। उनी गत वर्ष मार्चमा प्रधानमन्त्री बनेका थिए। २२२ जना सांसद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा आएका थिए।

गठबन्धनको सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ)ले यासिनलाई राजीनामा दिन दबाब दिएको थियो। पार्टीले यासिनलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।

यासिनले संसदमा आफूसँग बहुमत भएको बताउँदै आएका थिए। उनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org