ताजा समाचार

भौतिकरुपमै कक्षा १२ को परीक्षा संचालन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । भौतिकरुपमा परीक्षा लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको लगाएर परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् ।

संक्रमणको जोखिम कायमै रहेको भन्दै कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिएका छन् ।

परीक्षा दिने तयारीमा रहेका ३ लाख ९६ हजार विद्यार्थीलाई खोप लगाउने तयारी समेत भैरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org