ताजा समाचार

अवरोध छल्दै रोस्ट्रम पुगे अर्थमन्त्री, बजेट अध्यादेश संसदमा टेबल

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्मा एमाले सांसदहरुको अवरोधकै बीच रोस्ट्रम पुगेका छन्।

सांसद प्रेम सुवालले बजेट अध्यादेश फिर्ता गरियोस् भन्ने प्रस्ताव गरेका थिए। तर अर्थमन्त्री रोस्ट्रममा पुगेपछि सुवालले आफ्नो प्रस्ताव फिर्ता लिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बजेट अध्यादेश पेस गर्न अर्थमन्त्री शर्मालाई अनुमति दिए।

अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरे। त्यसपछि सभामुखले उक्त प्रस्ताव बैठकमा निर्णयार्थ पेस गरे।

त्यसलगत्तै बजेट ध्वनिमतबाट अध्यादेश बहुमतले स्वीकृत भएको सभामुखले घोषणा गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org