ताजा समाचार

बझाङ पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी–पहिरोले पुर्‍याएको क्षतिबारे स्थगलगत जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बझाङ पुगेका छन् ।

गृहप्रदेश सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको स्थलगत जानकारी लिने उद्देश्यले प्रधानमन्त्री देउवा आज बिहान सुदूरपश्चिमतिर लागेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट सुदूरपश्चिम गएका उनी यति बेला बझाङको चैनपुर पुगेर जानकारी लिइरहेको उनको सचिवालयले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org