ताजा समाचार

एन्फासँग नयाँ सम्झौता गर्न प्रशिक्षक अल्मुताइरी सहमत

काठमाडाैँ । नेपाली राष्टिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थप ३ वर्ष नेपाली टोली सम्हाल्ने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) क अध्यक्ष कर्मा छिरिङ शेर्पा, कतार फुटबल एशोसियसन र अलमुताइरीबीच भएको छलफल पछि अलमुताइरी थप ३ वर्ष नेपाल रहने भएका हुन्।

अलमुताइरीले आज सामाजिक सञ्जालमार्फत आफू थप ३ वर्ष नेपाल रहने बताएका छन्।

कतार फुटबल एसोशियसनलाई धन्यवाद दिँदै अलमुताइरीले आफू नेपाल फर्कने उल्लेख गरेका हुन्।

आगामी २ वर्षका लागि आफ्ना योजनाहरु केही दिनमा सार्वजनिक गर्ने अलमुताइरीले बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org