ताजा समाचार

गठबन्धन आउँदो चुनावमा तालमेल गरेर अगाडि बढ्छ : नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशको विषयमा अहिलेसम्म गठबन्धनमा छलफल नभएको बताएका छन्।

गृह जिल्ला रौतहटको चन्द्रपुरमा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानन्यायाधीशको विषयमा पाँच दलका नेता बसेर छलफल गर्ने जानकारी दिएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर रहेकाले छलफल नभएको नेपालले बताए।

उनले पाँच दलीय गठबन्धन आउँदो चुनावमा तालमेल गरेर अगाडि बढ्ने दाबी गरे।  नेपालले भने, ‘हेर्दै जाउ तालमेल मिलाउन कति सक्छौँ, गठबन्धनका नेता बसेर अगाडि बढ्छौँ।’ चुनाव खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा आफू रहेको उनको धारणा छ।

विगतमा केपी ओलीले हरेक ठाउँमा तमासा देखाएको उनको आरोप छ।आफू ओली प्रवृतिबाट मूक्त भएको बताए। ‘केपी ओली मुलुकको अभिसाप हुन्।’ आफूले चाहेमा ७ दिनमा सरकार ढल्ने ओलीको भनाइप्रति व्यङ्ग्य गर्दै नेपालले भने ,’ओलीले त क्षेप्यास्त्र हानेर सरकार ढाल्न सक्छन्।’ विगतमा केपी ओलीले निरकुंस तरिकाले काम गरेकाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको समेत पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको भनाई छ।

अध्यक्ष नेपाल नयाँ पाटी गठनपछि पहिलो पटक गृह जिल्ला आएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org