ताजा समाचार

प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्डको आमसभा

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रौतहटकाे कटहरियामा हुने आमसभालाई सम्बाेधन गर्ने भएका छन् ।

गत २९ कात्तिकमा मिति तय भएर पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बाेधन गर्न उनी  शनिबार रौतहट जान लागेका हुन् ।

याे क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हाे । साह  माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । प्रचण्डले सभालाई सम्बाेधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिए ।

पूर्वमाओवादी सांसद साहको गृहनगर मौलापुरमा आमसभा राख्ने प्रस्ताव पार्टी भित्रवाट आए पनि अन्ततः छिमेकी नगरपालिका कटहरियामा आमसभा हुनेछ । साहको निर्वाचन क्षेत्रमा माओवादीले जित हासिल गरेका मौलापुर र कटहरियाका मेयर भने पार्टी नै परित्याग गरी नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । सोही स्थानमा माओवादीले प्रचण्डलाई विशेष अतिथिका रुपमा बोलाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org