ताजा समाचार

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने मन्त्रालयले जनाएको छ ।

सरकारले गत कात्तिक १ गते रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद खाली भएको हो । सिलवाललाई बर्खास्त गरेपछि मन्त्रालयले सदस्य सचिव सिफारिसका लागि समिति गठन गरेको थियो ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सदस्य सचिव सिफारिसका लागि सह-सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् ।

समितिमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ छन् ।

हाल राखेपको निमित्त सदस्य सचिवमा विष्णु ढकाल छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org