ताजा समाचार

बन्दसत्र स्थलमा पुगेका ओली, बैठक रोकेर आकांक्षी नेताहरु आन्तरिक छलफलमा

चितवन । नेकपा एमालेको महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु हनु सकेको छैन।

पदाधिकारीमा धेरै आकांक्षी भएपछि नेता व्यवस्थापनमा सहमति नहुँदा बन्दसत्र सुरु हुन नसकेको हो।

यसबिच बन्दसत्र भइरहेको सेभेनस्टार होटलमा नेताहरु छलफलमा जुटेका छन्। पदाधिकारीका लागि आकांक्षीहरु विष्णु पौडेल, सुवास नेम्वाङ, इश्वर पोखरेल, विष्णु रिमाल र शेरबहादुर तामाङ छलफलमा जुटेका हुन्। ओलीले सहमति गराउने प्रयास गरेपनि नेताहरु पछि नहट्ने बताइरहेका छन्। अन्य आकांक्षीहरुबिच पनि हाल बन्दसत्र क्षेत्रमा छलफल भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र क्षेत्र पुगिसकेका छन्। बन्दसत्र हुने स्थानमा पुग्नु अघि ओली र आकांक्षी नेताहरुबिच छलफल भएको थियो। तर उक्त बैठकले कुनै निश्क्ष निकाल्न सकेन।

बन्दसत्र सुरु हुन ढिलाइ हुँदा प्रतिनिधि भने फुर्सदिला बनेका छन्।

ओलीको निकट रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, वर्तमान महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल तथा नेताहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ लगायतबीचमै पदका लागि रस्साकस्सी छ।

साथै, माधव नेपालसँगबाट एमालेमै रोकिएको समूहबाट भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, युवराज ज्ञवाली लगायतको व्यवस्थापन पनि ओलीलाई सकस देखिएको छ। माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेता व्यवस्थापनको चुनौती पनि ओलीमा छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org