ताजा समाचार

राखेप सदस्य सचिवमा क्यानका सदस्य लामाको आवेदन

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिवका लागी नेपाल क्रिकेट संघ (क्यान)का सदस्य छुम्बी लामाले आवेदन दिएका छन् ।

सदस्य सचिवका लागि आह्वान भएको अन्तिम दिन लामाले सदस्य सचिवका लागि आवेदन दिएका हुन । उनको आवेदन १७ नम्वरमा दर्ता भएको हो । योसंगै अन्य १८ जनाले सदस्य सचिवका लागि आवेदन दिएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको चिफ अपरेटिङ अपरेटर भएर काम गरेका लामा क्विन्स इभेन्ट म्यानेजमेन्टको डाइरेक्टरको रुपमा समेत सक्रिय रहदै आएका छन् ।

क्विन्सले पीपीएल, वुमन्स च्याम्पिएनसिप लगायत क्रिकेट प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org