ताजा समाचार

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

काठमाडाैँ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् ।
उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो  भने हुन्न भन्ने पक्षका कोही देखिएन् । किनकी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागि थिएन।

उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन् । प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६, एकीकृत समाजवादीका २ र राप्रपाका एकजना सांसद छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org