ताजा समाचार

प्रदेश-१ मा पुनः मतगणना गर्न गुरु घिमिरेको माग

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर-१ को पदाधिकारीको मतगणना पुनः गर्न माग गरिएको छ ।

दुई मतले पराजित गुरु घिमिरेले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गरेका हुन् ।

संस्थापनइतर समूहबाट उठेका घिमिरेले संस्थापन–सिटौला पक्षका उमेदवारसँग पराजित भएका हुन् । मत परिणाममा चित्त नबुझेकोले पुनः मतगणनाको लागि निवेदन दर्ता गराएको घिमिरेले बताए ।

महामन्त्रीमा संस्थापनइतरका उमेश थापाबाहेक अ रू पदाधिकारीमा संस्थापनका उमेदवार निर्वाचित भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org