ताजा समाचार

राखेपका सदस्य सचिव सिलवाललाई हटाउने निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले सिलवालको रिट निवेदनमाथि सुनुवाई गर्दै सिलवाललाई कामकाज गर्न बाटो खुलाएको हो ।

यसअघि सरकारले सिलवाललाई हटाएर टंक घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । सो निर्णयविरुद्ध सिलवाल अदालत गएका थिए । अदालतले दुवै पक्षलाई छलफलमा झिकाउने आदेश दिएको छ ।

यसअघि ओली सरकारले नियुक्त गरेका तर अहिलेको सरकारले हटाएका नेपाल स्काउटका लोकवहादुर भण्डारी,युवा स्वरोजगार कोषका कल्याण रोक्का र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. कृष्णप्रसाद ओली पनि अदालतबाट अन्तरिम आदेशमार्फत पुनर्वहाली भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org