ताजा समाचार

“खेलाडीहरुले वर्गीकरणमा त्रुटी भएको भन्दैमा यति ठूलो कारवाही गलत भयो, फिर्ता हुनुपर्छ”: क्यान बोर्ड सदस्य लामा

काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका चार खेलाडीहरुमाथि गरेको कारवाहीको निर्णय गलत भएको क्यानका बोर्ड सदस्य छुम्वी लामाले बताएका छन ।

हिजो बसेको क्यानको भर्चुअल बोर्ड वैठकले आचारसंहिता उल्लंघनको आरोपमा कप्तान ज्ञानेन्द्र मल्लसहित चारजनालाई कारवाहीको निर्णय लिएको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाइएको छ । यस्तै दीपेन्द्रसिंह ऐरीलाई पनि उपकप्तानबाट पदमुक्त गरिएको छ ।

क्यानको निर्णय तीव्र विवादित बनेको छ । क्यानकै बोर्ड सदस्यहरुले यसमा खुल्ला असहमति जनाएका छन् ।

नोट अफ डिसेन्ट लेख्ने एक बोर्ड सदस्य छुम्बी लामा क्यानको निर्णय गलत र पूर्वाग्रही रहेको बताउँछन् । यसले नेपाली क्रिकेटलाई थप अस्थिर र अस्तव्यस्त बनाउने भन्दै उनले निर्णय सच्याउनै पर्नेमा जोड दिए

संघको निर्णयमा ६ जना बोर्ड सदस्यहरुले नोट अफ डिसेन्ट लेखेका थिए । क्यानमा १७ जना बोर्ड सदस्य रहेकोमा हिजोको वैठकमा १५ जना उपस्थित थिए । ६ जनाको असहमतिका बाबजुद बहुमतका आधारमा क्यानले निर्णय लिएको हो ।

लामाले  भने, ‘क्यान खेलाडीहरुको अभिभावक संस्था हो । खेलाडीहरुले वर्गीकरणमा त्रुटी भएको भन्दैमा यति ठूलो कारवाहीको निर्णय लिनु आपत्तिजनक छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org