ताजा समाचार

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न र किनमेल गर्न रोक !

एजेन्सि । उत्तर कोरियाका पूर्वनेता तथा किम जोङ उनका पिता किम जोङ इलको १०औं पुण्यतिथिमा ११ दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ ।

शुक्रबार उत्तर कोरियाले शोक मनाउने घोषणा गर्दै आफ्ना नागरिकलाई ११ दिन हाँस्न, मदिरा सेवन गर्न र किनमेल गर्न प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार किम जोङ इलको सम्मानमा पूरा देश उनलाई शान्त श्रद्धाञ्जली दिनेछ । यस अवधिमा गाडी र रेललाई हर्न बजाउन पनि प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै यो ११ दिनको बीचमा कुनै पनि घरमा कसैको मृत्यु भएमा रुन पनि अनुमति छैन । त्यस्तै शोक अवधि सकिएपछि अर्थात ११ दिनपछि मात्र घरबाट शव निकाल्न निर्देशन दिइएको पनि बताइएको छ । त्यस्तै यही अवधिमा कसैको जन्मदिन परेमा पनि मनाउन पाइने छैन ।

डिसेम्बर १७ तारिख दिउँसो पूरै देशमा एकसाथ साइरन बजाइनेछ र सम्पूर्ण नागरिक कुमसुसान प्यालेसतर्फ फर्किएर तीन मिनेट नेता किमलाई श्रद्धाञ्जली दिनेछन् ।

किम जोङ इलको मृत्यु सन् २०११ डिसेम्बर १७ मा भएको थियो । दुई दिनसम्म उनको मृत्युका बारेमा कुनै जानकारी सार्वजनिक गरिएको थिएन । दुई दिनपछि सरकारी सञ्चारमाध्यममार्फत उनको मृत्यु भएको घोषणा गरिएको थियो । किम जोङ इल उत्तर कोरियामा शासन गर्ने किम वंशका दोस्रो व्यक्ति हुन् । उनले उत्तर कोरियामा १७ वर्ष शासन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org