ताजा समाचार

हिँड्दा-हिँड्दै भेटिए चन्द्रे कामी

काठमाडौं । अन्तरजातीय विवाह गरेका कारण माइती पक्षले बेपत्ता पारिएका भनिएका हुम्लाका चन्द्रे कामी फेला परेका छन् ।

आज बिहान खार्पुनाथ गाउँपालिकामा हिँड्दै गरेको अवस्थामा चन्द्रेलाई प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्‍लाले जनाएको छ ।

बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर धनसिंह भण्‍डारीले जानकारी दिए । उनकाअनुसार उनी सकुसल अवस्थामा भेटिएका हुन् । उनमा कुनै चोट पटकसमेत नदेखिएको भण्‍डारीले बताए । उनलाई सदरमुकाम ल्याइँदैछ।

हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रले मुगुको सोरुकी रमिला मल्ललाई भगाएपछि मंसिर २९ गते माइती पक्षका युवाहरूले घरबाटै राति लिएर गएका थिए । त्यस दिनदेखि चन्द्रे सम्पर्कविहीन थिए । रमिला र उनका बुबालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org