ताजा समाचार

नेकपा माओवादी केन्द्र प्रदेश–१ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ (मिक्सो) विजयी

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश नं १ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् ।

प्रदेश कमिटी चयन गर्न बुधबार राति सम्पन्न निर्वाचनमा १६९ मत प्राप्त गरी मिक्सो विजयी भएका हुन् । उनी अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् ।

अर्का अध्यक्षका प्रत्यासी मुक्साहाङ लिम्बू (मुकेश) ले ६४ मत प्राप्त गरे ।

प्रदेश निर्वाचन समितिका संयोजक राजेन्द्र किराँतीकाअनुसार तीन उपाध्यक्षमा शिवकुमार डाँगी, मणिकुमार साम्पाङ र देवान चाम्लिङ निर्वाचित भएका छन् । चाम्लिङले १२०, डाँगीले ११३ र साम्पाङले १११ मत प्राप्त गरे ।

उपाध्यक्ष पहिलो संविधान सभाका सदस्य मोहनबहादुर खत्री पराजित भए । उनले ८६ मत प्राप्त गरे ।

सचिवमा १४८ मत प्राप्त गरी गणेश उप्रेती निर्वाचित भएका छन् । अर्का प्रत्यासी सीपी कडरियाले ८३ मत ल्याए ।सहसचिव पदमा कुमारी राई (रचना) ११४, ऋषिराम ढुंगानाले ९५ र सागर किराँती ७३ मत प्राप्त गरी विजयी भए । सहसचिवमा १३ चुनावी मैदानमा थिए ।

कोषाध्यक्षमा ९६ मत प्राप्त गरी रेवतराज पुरी विजयी भए । कोषाध्यक्षमा चारजनाबीच प्रतिष्पर्धा भएको थियो । माओवादी केन्द्र प्रदेश १ को सम्मेलन मङ्सिर २५ गते मोरङको विराटचोकमा उदघाटन भएको सम्मेलनलेक्ष२५९ जना प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।

तर, पदाधिकारी चयन गर्न सकेको थिएन । सर्वसम्मतिको प्रयास गरेपनि नमिल्ने भएपछि बुधबार राति चुनाव भएको हो ।

प्रदेश कमिटीका २५९ सदस्यहरूले २४० जनाले मतदान गरेका थिए । निर्वाचनमा विजयी पदाधिकारीलाई माओवादी नेता राम कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org