ताजा समाचार

परराष्ट्रका सहसचिव थापाद्वारा सरस्वती मन्दिर माध्यमिक विद्यालयमा १० लाखको अक्षयकोष घोषणा

काठमाडाैँ । सरस्वती मन्दिर माध्यमिक विद्यालयमा पूर्व राजदूत तथा हाल परराष्ट्र मन्त्रालयका सहसचिव लोक बहादुर थापा १० लाखको अक्षयकोषको घोषणा ।
मङ्लबार सरस्वती मन्दिर माध्यमिक विद्यालयले ६२ वार्षिकोत्सवको प्रमुख थापा १० लाखको अक्षयकोष घोषणा गरेका हुन ।

विद्यालयका पूर्व विद्यार्थी, महामहिम पूर्व राजदूत र हाल परराष्ट्र मन्त्रालयका सहसचिव समेत रहेका भानु १२ घलेछाप निवासी  थापाको प्रमुख आतिथ्यतामा ६२ औं वार्षिकोत्सव तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ ।

यसैगरी विद्यालयका वि व्य स अध्यक्ष श्री पदम बहादुर अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथिहरुमा भानु १२ का वडा अध्यक्ष विमल गुरुङ, भानु १२ का वडा सदस्यहरु नुर चन्द्र अधिकारी, गोविन्द ढकाल, सूर्यकला घर्ती, सावित्री विक, नेपाल हिल्फे बाइलिङ्ग्रीज इभि जर्मनीका कार्यक्रम संयोजक श्याम राज पण्डित, शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख रमाकान्त शर्मा, भानु नपाका शिक्षा शाखाका उपसचिव ध्रुवराज पौडेल, उपन्यायाधिवक्ता उदय चन्द्र अधिकारी, ईन्जिनियर कृष्ण बहादुर विक, समाजसेवी भरत केसी र कार्यक्रमका प्रमुख अतिथिकी धर्मपत्नी नानु अधिकारी थापा विशिष्ट अतिथि रहेको थियो भने अतिथिहरुमा विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व वि व्य स अध्यक्षहरु, पूर्व शिअसंघका अध्यक्षहरु, वर्तमान शिअसंघका अध्यक्ष शिव बहादुर थापा, वि व्य स का सदस्यहरू, शिअसंघका सदस्यहरु, पूर्व प्रअहरु उदय बहादुर अधिकारी, हरि बहादुर राना, रामेश्वर कोइराला र महेश अधिकारी, आमन्त्रित छिमेकी विद्यालयका प्रअ तथा प्रतिनिधि शिक्षकहरु तथा छिमेकी विद्यालयका वि व्य स का अध्यक्षहरु, सल्लाहकार समितिका संयोजक उत्तम प्रकाश पण्डित, सदस्यहरु  गोपी बहादुर अधिकारी, पूर्व डिआइजी खोज बहादुर गुरुङ, प्रासु  कृष्ण राज हमाल, अक्षयकोष दाताहरु, चन्दादाताहरु, आजीवन सदस्यहरू, विभिन्न अामा समुहका अध्यक्षहरु, टोल सुधार समितिका अध्यक्ष तथा पदाधिकारीहरु, खानेपानी समितिका अध्यक्ष एवम् पदाधिकारीहरु, वन समितिका पदाधिकारीहरु, सहकारीका पदाधिकारीहरु, जुरेसका अध्यक्ष  रानीमाया मजकोटी, बाल क्लवका अध्यक्ष श्री पवन अधिकारी, लगायतका बुद्धिजीवीहरु अतिथि र अभिभावकहरु, शिक्षक स्टापहरु र विद्यार्थी भाइबहिनीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षक ललित सिंह धामीले गरेका थिए ।

विद्यालयको ६२अौं वार्षिकोत्सव तथा अभिभावक सम्मेलनमा पाल्नु भएका सबैमा शिक्षक अनिता अधिकारीले नव आगन्तुकहरुलाई शब्दद्वारा स्वागत गरेका थिए । भने कक्षा ११ र १२ मा अध्ययनरत बहिनीहरुले स्वागत गीतद्वारा स्वागत गर्नुभएको थियो । त्यस्तैगरी झन्डोत्तोलन कार्यक्रममा प्रमुख अतिथिले राष्ट्रिय झण्डाको र कार्यक्रमका सभापतिबाट विद्यालयको झन्डाको झन्डोत्तोलनसमेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीको तर्फबाट कक्षा ९ म अध्ययनरत छात्रा सुमित्रा केसीले शुभकामना मन्तव्य राखेकी थिईन ।

विद्यालयको ६२ औं वार्षिकोत्सवको पुनित अवसरमा विद्यालयका प्रधानाध्यापक अमृत बहादुर थापाले विद्यालयको समग्र कार्यक्रम समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तैगरी वार्षिकोत्सवको अवसरमा विद्यार्थी भाइबहिनीहरुबाट पिटी प्रदर्शनसमेत गरिएको थियो भने नृत्य प्रस्तुति अन्तर्गत विद्यालयका शिक्षक स्टाप र विद्यार्थी भाइबहिनीहरुका निकै आकर्षक एवम् मनोरञ्जन प्रदान गर्ने खालका नृत्यहरु पनि प्रस्तुत गरिएका थिए ।

विद्यालयमा आमन्त्रित प्रमुख अतिथि, विशिष्ट अतिथि, र अतिथिहरुले ६२ औं वार्षिकोत्सवको अवसरमा विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए । वार्षिकोत्सव तथा अभिभावक सम्मेलनका अवसरमा यसै विद्यालयका पूर्व विद्यार्थी, महामहिम पूर्व राजदूत र हाल परराष्ट्र मन्त्रालयका सहसचिव समेत रहेका प्रमुख अतिथि  थापाले अतिरिक्त क्रियाकलाप अन्तर्गत आफुलाई सबै बढी मनपर्ने हाजिरी जवाफ प्रतियोगिता भएकाले हाजिरी जवाफ प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यार्थी भाइबहिनीहरुलाई क्रमशः प्रथम हुनेलाई रु तिन हजार र द्वितीय हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरेका थिए  त्यस्तैगरी विद्यालय प्रथम हुने कक्षा ८ मा अध्ययनरत विद्यार्थी श्री श्रीकृष्ण कोइरालालाई रु तिन हजार पुरस्कार प्रदान गरेका थिए । यी दुबै पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने घोषणासमेत कार्यक्रम गरेका थिए।

त्यस्तै गरी प्रमुख अतिथि थापाले कार्यक्रममा बोल्दै आफ्नो बुबाको ८४ औं को अवसरमा रु १० लाख रुपैयाँको अक्षयकोष खडा गर्ने घोषणा गर्दै यसबाट प्राप्त ब्याजबाट कमजोर आर्थिक अवस्था र न्यून आय भएका घरपरिवारका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मिलाउने बताए । यस्तै गरी प्रमुख अतिथि परराष्ट्र मन्त्रालयका सहसचिव श्री लोकबहादुर थापाले आजका विद्यार्थी राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने खालको जनशक्ति उत्पादन गर्नुपर्ने कुरामा विशेष जोड दिए ।

६२ औं वार्षिकोत्सवको अवसरमा सजना बुक्स हाउस टुहुरे पसलका श्री कृष्ण आलेद्वारा विद्यालयलाई भलिबल र नेट उपहार स्वरुप प्रदान गरे।

त्यस्तै गरी विद्यालयमा वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि पूर्व राजदूत एवम् परराष्ट्र मन्त्रालयका सहसचिव श्री लोकबहादुर थापा र भानु नपा १२ का वडा अध्यक्ष श्री विमल गुरुङलाई मायाको चिनो प्रदान गरिएको थियोे । त्यस्तै विद्यालयमा लामो समयसम्म विद्यालय सहयोगीको रुपमा रही काम गरेका विद्यालय सहयोगी विष्णु बहादुर अधिकारीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो साथै २०४८ सालदेखि निरन्तर रुपमा कार्य गर्दै आएका विद्यालय सहयोगीलाई अहिलेसम्म पनि नियुक्ति पत्र प्रदान नगरिएकाले उक्त कार्यक्रममा नियुक्ति पत्र समेत प्रदान गरिएको थियो । त्यस्तै गरी स्वर्गीय रणबहादुर अधिकारी र स्वर्गीय मोतीलाल रानालाई विद्यालयमा महत्वपूर्ण योगदान पुर्याएकाले मरणोपरान्त सम्मानित गरिएको थियो । अन्त्यमा कार्यक्रमका सभापति एवम् वि व्य स का अध्यक्ष पदम बहादुर अधिकारीले ६२ औं वार्षिकोत्सवको अवसरमा नव आगन्तुक प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु लगायत उपस्थित सबैलाई हार्दिक धन्यवाद सहित कार्यक्रम अन्त्य भएको घोषणा गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org