ताजा समाचार

प्रदेश–२ प्रदेशसभा : आज नामकरणको प्रस्ताव पेस हुने

जनकपुरधाम । प्रदेश नम्बर–२ प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेदेखि आठौँ अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो ।

प्रदेशसभामा आज नामकरणको प्रस्ताव पेस हुनेलगायत कार्यसूची छ । नामकरणका लागि ६ वटा प्रस्ताव पेस हुने प्रदेशसभा सचिवालयका सचिव रन्जीतकुमार यादवले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रस्ताव पेस र राजधानी तोक्नेलगायत विषयमा छलफल हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org